जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुरधाम पुगेका छन्।
जनकपुरमा रास्वपाले आयोजना गरेको आमसभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका हुन्। मेयर पदबाट राजीनामा दिएलगत्तै बालेन रविसँगै जनकपुर आएका हुन्। रवि लामिछाने र बालेन शाह स्टेजमा उक्लिँदा समर्थकहरुले रवि र बालेनको पक्षमा चर्को नारा लगाएका थिए । सभामा अमरेशकुमार सिंह पनि पुगेका छन् ।
जनकपुर विमानस्थलमा दुवै नेताको स्वागतका लागि समर्थकहरूको ठूलो भिड जुटेपछि अवस्था केही समयका लागि अनियन्त्रित बनेको थियो। धकेलाधकेलका क्रममा विमानस्थलको सिसाको ढोका फुटेको बताइएको छ।




