काठमाडौं, फागुन १ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३,००० रुपैयाँले घटेको छ।
बिहीबार प्रतितोला ३,०६,५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३,०३,५०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघले चाँदी ३४० रुपैयाँले घटेर प्रतितोला ५,३४० रुपैयाँमा कारोबार भइरहेको बताएको छ।




