काठमाडौं, चैत्र ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा विगत तीन दिनदेखि ‘हेर्दाहेर्दै’ मा रहेको उक्त रिटमा आज सुनुवाइ टुङ्गिएको हो। बहस सकिएसँगै सर्वोच्चले आजै आफ्नो आदेश सुनाउने सम्भावना रहेको छ। महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिटमा कानुनी वैधताको विषयमा लामो बहस भएको थियो।




