काठमाडौं, साउन १९ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार मुलुकका २० वटा ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई छलफलका लागि अर्थ मन्त्रालयमा बोलाएका छन्।
बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा बजारको वर्तमान अवस्थाबारे जानकारी लिन यो बैठक डाकिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने उक्त छलफलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण २० वटा वाणिज्य बैंकका सीईओहरूको सहभागिता रहनेछ।




