काठमाडौं, माघ २३ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक उच्च अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।
प्रहरीले प्रसाईंलाई कुन निश्चित अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। यसअघि पनि सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ गते उनलाई पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। यद्यपि, उनी माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए।
उनको पक्राउ अहिले अनुसन्धानकै क्रममा रहेकाले कुन मुद्दामा पक्राउ गरिएको हो भन्ने कुरा प्रक्रिया पूरा भएपछि मात्र खुल्ने प्रहरीले जनाएकाे छ।




