काठमाडौं, फागुन ५ । आज राति ७:१५ बजे मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘सी’ बाट दुवै टोली बाहिरिइसकेकाले यस खेलले सुपर ८ को समीकरणमा प्रभाव नपारे पनि यो दुवै देशका लागि प्रतिष्ठा र गौरवको लडाइँ हुनेछ। बंगलादेशले नाम फिर्ता लिएपछि प्रतियोगितामा आएको स्कटल्याण्डले वेस्ट इन्डिजलाई स्तब्ध पार्दै र इङ्गल्याण्डलाई कडा टक्कर दिँदै आफूलाई अब्बल सावित गरिसकेको छ।
नेपाल यसअघि इङल्यान्डसँग ४ रन, वेस्ट इन्डिजसँग ९ विकेट र इटालीसँग १० विकेटले पराजित भएको थियो ।




