काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले लाइनमा बसेका मतदाताहरूसँग भेटघाट गरी मत मागेका छन् भने उनीप्रति मतदाताहरूमा पनि ठूलै उत्साह देखिएको छ।
यसअघि विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालेका थापासँग काठमाडौँ ६ का श्यामकृष्ण खड्गीले सभापति पदमा प्रतिस्पर्धा गरिरहेका छन्। मत माग्ने क्रममा थापाले कसैको भड्काउ वा दबाबमा नपरी, बिना कुनै समूहको प्रभाव स्वेच्छाले मतदान गर्न मतदाताहरूलाई विशेष आग्रह गरेका छन्।




