मिडल्यान्ड, १३ पुस ।
बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्व मंत्री बलराम पौडेल मिडल्याण्डमा सम्मानित हुनुभएको छ । नेपाली जनसम्पर्क समिति मिडल्याण्डले यही डिसेम्वर २६ मा पिटरवोरोमा एक कार्यक्रमका बिच नेता पौडेललाई सम्मान गरेको हो ।
नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि पौडेल चितवनमा स्वच्छ छवि भएका पुराना नेता मानिनु हुन्छ । कार्यक्रममा मिडल्याण्ड क्षेत्रका नेपाली जनसम्पर्क समिति सदस्यहरूको बाक्लो उपस्थित थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले युवा शक्ति विदेश आएर काम गर्नु परेको र देशमा रोजगार र अवसरको सुनिश्चिता अझै हुन नसकेको भन्दै दुःख व्यक्त गर्नु भयो। उहॉले नेपालमा हालसालै विकसित राजनीतिक घटनाक्रमबारे बोल्दै कांग्रेसकै नेतृत्वको कमजोरीको कारण जनताले दिएको सरकार बनाउने मेन्डेड सबै गुमाउनु परेको भन्दै सभापति शेरबहादुर देउवाले आसेपासे सिमित व्यक्तिहरूको मात्र कुरा सुन्ने गरेको आरोप लगाउनुभयो । उहॉले तुरून्त केन्द्रिय समितिको बैठक बोलाई यसको निर्मम समी़क्षा गरिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा एनआरएनएका अन्तरास्ट्रिय समितिका प्रवक्ता सोमनाथ सापकोटा, एनआरएनए युकेका प्रवक्ता शशांक शर्मा, जनसम्पर्क समिति युकेका सहमहामंत्री गुन्जेस्वर न्यौपाने, पूर्व महामंत्री शिव तिमिल्सिना र केशव भण्डारी, पूर्व सहमहामंत्री उपेन्द्र पौडेल, पूर्व कोषाध्यक्ष कृष्ण गुरूङ, किशोर लामिछाने, शरद शाही, सिएम खरेल, उदय राज आचार्य, प्रकाश केसी, राजेन्द पौडेल, निरन्जन सेडाई, जया सुवेदी, विरेन्द्र कार्की लगायतले नेता पौडेललाई स्वागत गर्दै उहॉको बेलायत भ्रमण सुखद रहोस् भनी सुभेच्छा व्यक्त गर्नुभयो ।

नेपाली जनसम्पर्क मिडल्याण्ड अधिवेशन तयारी समितिका संयोजक नारायण आचार्यले नेता पौडेललाई समितिको तर्फबाट स्वागत गर्दै उहाँलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै यही फेब्रुअरी २० तारिखमा हुन गहिरहेको जनसम्पर्क समिति मिडल्याण्डको दोस्रो अधिवेशन सफल बनाउन मिडल्याण्डका सबै क्षेत्रमा बस्ने साथीहरूलाई सक्रिय भइ लाग्न अपिल गर्नुभयो । अधिवेशन तयारी समितिका संयोजक नारायण आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




